२६ माघ काठमाडौं । कुखुरा पालनको राजधानीको रूपमा चिनिन्छ चितवन । तर पछिल्लो समयमा चितवनमा नयाँ खुल्ने पोल्ट्रीभन्दा बन्द गर्नेको संख्याको बढी छ ।
मंगलबारमात्रै झापामा कुखुरा पालक किसानले सडकमा अण्डा ल्याएर फुटाएर विरोध प्रदर्शन गरे । सडकमा ल्याएर अण्डा फुटाएर विरोध गर्नुको पछाडि अण्डा र कुखुराको मासुले लागतअनुसारको मूल्य नपाएर हो ।
अहिले एउटा अण्डाको उपभोक्ताले १५ रूपैयाँ तिर्ने गर्छन् भने कुखुराको मासु साढे ३ सय रूपैयाँमा पाइने गर्छ ।
ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेल लागत उठाउन नसकिएको कारण चितवनमा मात्र ६ वटा ह्याचरी बन्द भएको बताउँछन् ।
“अहिले चल्ला उत्पादन गर्ने काम नै बन्द भएको छ,” पोखरेलले भने, “आत्मनिर्भर भएको क्षेत्र अब धरासायी बनेको छ ।”
प्रतिक्रिया दिनुहोस्