राजविराज माघ २५/सप्तरीकाे गाेवरगाढामा भारतीय समुहकाे गाेली प्रहारबाट एक जना नेपाली घाईते भएका छन्।
बुधबार अपरान्ह करिब ४ बजेतिर हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १३ गोबरगाढामा आएको २०/२५ जना भारतीयहरुकाे समुहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए।
कोशी नदि पारी चराउन लगेका गाईवस्तुहरू हराउन थालेपछि स्थानीयले जावेद नामका भारतीय नागरिकलाई नियन्त्रणमा लिएर महेन्द्र पासवानको घरमा राखेकाेले उसलाई छुटाउन आएकाे समुहले गाेली प्रहार गरेको प्रहरी उपरीक्षक कार्कीले बताए।
उक्त समूहले जावेदलाई फिर्ता लग्ने क्रममा केही राउन्ड गोली फायर भएको उनले बताए। गोलीको छर्रा लागेर पासवानको खुट्टामा सामान्य चोट लागेको छ। घाइतेकाे अवस्था सामान्य रहेकाे प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्