Ad imageAd image

नेपाल–भारत सीमामा हराएका १६ मध्ये दुई सीमास्तम्भ भेटिए

खबर खुराक
खबर खुराक २६ माघ २०७९, बिहीबार
2 Min Read
Aa

२६ माघ वीरगन्ज । भारतसँग सीमा जोडिएको पर्साको ओरिया खोलामा गत असार–साउनमा बाढीले बगाएका १६ वटा सीमास्तम्भमध्ये दुईवटा स्तम्भ भेटिएका छन् ।

ओरिया खोलामा ४२२ र ४२२/१ नम्बरका गरी दुईवटा सीमास्तम्भ भेटिएको जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादवले बताए ।

चार दिन पहिले ओरिया खोलामा भारतीयहरूले बालुवा उत्खनन् गर्ने क्रममा बालुवाले पुरिएको अवस्थामा ती दुवै सीमास्तम्भ भेटिएको उनले बताए । हराएका १४ वटा सीमा स्तम्भ अझै फेला पर्न नसकेको पनि उनले बताए ।

नेपाल–भारतको दशगजा क्षेत्रमा पर्ने ओरिया खोलामा भारतीय पक्षले दुई देशको सम्झौता विपरित ठेक्का लगाएर दिनहुँजसो बालुवा उत्खनन् गर्दै आएको छ ।
हराएका मध्ये दुईवटा सीमास्तम्भ भेटिएपछि पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी ,सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया ,गाउँपालिका अध्यक्ष यादवसहितको टोलीले ओरिया खोलामा पुगेर स्थलगत अवलोकन गरेका छन् ।

- Advertisement -
Ad image

अनुगमनका क्रमममा दशगजा क्षेत्रकै खोलामा बालुवाले पुरिएको अवस्थामा सीमा स्तम्भ भेटिएपछि जिल्ला सुरक्षा समितिले खोलामा भइरहेको बालुवा सहितका नदीजन्य पदार्थको उत्खनन्मा रोक लगाएको छ ।

सशस्त्र प्र्रहरी उपरीक्षक थपलियाले भने ,‘खोलामै सीमास्तम्भ भेटिएपछि उक्त भूमि नेपाल वा भारत कसको हो भन्ने यकिन हुन सकेको छैन,त्यसका कारण सुरक्षा निकायको माथिल्लो तहमा कुरा राख्नुपर्ने भएकाले तत्काल खोलामा नदीजन्य पदार्थको उत्खननमा रोक लगाएका हौं ।

पिपरडारीस्थित ओरिया खोला सीमा विवादका कारण पहिलेदेखि नै विवादित छ । त्यसका बाबजुद पनि भारतीय पक्षले खोलामा जबरजस्ती बालुवा उत्खनन् गर्दै आएका छन् । नेपाल तिरका स्थानीयले त्यसको प्रतिवाद गर्दा पटकपटक झडपका घटना समेत भएका थिए ।

बुधबार ओरिया खोलामा भेटिएका सीमा स्तम्भको स्थलगत अनुगमन गरेका प्रमुख जिल्ला अधिकारी रेग्मीले विवादित ओरिया खोलामा हराएकामध्ये दुईवटा सीमास्तम्भ भेटिएपछि त्यसबारे आवश्यक छलफल गर्ने तयारी भइरहेको बताए ।

यता जगरनाथपुर गाउँपालिकाका अध्यक्ष यादवले दशगजा क्षेत्रमै पर्ने ओरिया खोलामा वर्षौंदेखि भारतीयहरूले जबरजस्ती बालुवा उत्खनन् गर्दै दैनिक सयौं ट्याक्टर बालुवा ओसार्दै आएको बताए । उनले भने ,‘ओरिया खोला वर्षादेखि विवादित छ ,त्यहि कारण यहा नेपाली र भारतीयबीच पटकपटक झडपका घटना समेत भइसकेका छन् ,अहिले त्यहि विवादित स्थलमा हराएका सीमास्तम्भ पनि भेटिएका छन् ,त्यसकारण दुवै देशका अब सम्बन्धित निकायले आवश्यक छलफल गरेर खोलामा सीमाको विवाद टुंग्याउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्