Ad imageAd image

मोटरसाइकलको पाँच वर्षको कर तथा नवीकरणमा जरिवाना छुट

खबर खुराक
खबर खुराक २६ माघ २०७९, बिहीबार
1 Min Read
Aa

२६ माघ काठमाडौं । फागुनभित्र मोटरसाइकल तथा स्कुटरको कर तथा नविकरण दस्तुर भुक्तानी गरे ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ ।

यातायात व्यवस्था कार्यालयका अनुसार फगुन मसान्तसम्ममा सवारीधनीहरुले कर बुझाए जरिवाना छुटको व्यवस्था एक सूचनामार्फत जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७०–७१ देखि २०७५–७६ सम्म नवीकरण भुक्तानी नगरेका सवारी धनीलाई २०७९ फागुन मसान्तभित्र कर बुझाएमा प्रदेश सवारी ऐन अनुसार जरिवान छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

साथै आफ्नो सवारीसाधनहरुको कर नविकरण तथा जरिवाना भुक्तानी गर्न यातायात व्यवस्था कार्यालयले अनुरोध  पनि गरेको छ ।

- Advertisement -
Ad image

यसैगरी कार्यालयका अनुसार अविलम्व कर भुक्तानी गरेका सवारीधनीहरुले ट्राफिक कारबाहीमा परी नियन्त्रणमा रहेका सवारीसाधनहरुलाई पनि जरिवाना छुटको व्यवस्था रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्