Ad imageAd image

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु

खबर खुराक
खबर खुराक २७ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

२७ माघ काठमाडौं ।उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु भएको छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको कार्यसम्पादनमाथि छलफल हुनेछ। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि बोलाइएको यो बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन, राष्ट्रपति उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

सत्ता साझेदार दलहरूबीच धेरै विषयमा मतान्तर भइरहेका बेलाको यो बैठकलाई महत्वका साथ हेरिएको छ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, स्वपाका अध्यक्ष रवि लामिछाने लगायत उपस्थित छन्।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्