Ad imageAd image

बाँकेको बालसुधार गृहमा गरेआश्रितहरुले आगजनी र तोडफोड

खबर खुराक
खबर खुराक २७ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

माघ २७ नेपालगन्ज । बाँकेको बालसुधार गृहमा तोडफोड र आगजनी गरिएको छ। कानुनी विवादमा परेर सुधारगृहभित्र राखिएकाहरुले आफै बस्ने स्थानमा आगजनी र तोडफोड गरिरहेको बाँके प्रहरीले जनाएको छ।

सुधारगृहमा रहेका केहीलाई काठमाडौं स्थानान्तरण गर्न थालेको भन्दै उनीहरुले तोडफोड र आगजनी गरेका हुन्। बाल सुधार गृहमा हतियार सहित प्रवेश गर्न कठिनाइ भएकाले अवस्था नियन्त्रणमा आउन नसकेको बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताए।

हरीले नेपालगन्जबाट दमकल मगाएर आगो नियन्त्रणमा लिने प्रयास गरेपनि नियन्त्रणमा लिए लगत्तै आफै सुत्ने सिरक डसनामा आगजनी गर्ने कार्य जारी राखेको प्रहरीले जनाएको छ।

तोडफोड भएको ब्लकमा कानुनी विवादमा परेका करिब ७० जना आश्रित छन्। सुधारगृहको ३ वटा भवन मध्य पुरानो भवनमा आगजनी र तोडफोड भएको हो।

- Advertisement -
Ad image

सुधार गृहमा कुल २ सय २३ जना आश्रित रहेका छन्। उनीहरुबीच पछिल्लो एक महिनामा ४ पटक ग्यांग फाईट भएपछि केहीलाई काठमाडौं स्थानान्तरण गर्ने तयारी गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्