Ad imageAd image

रुपन्देहीको छपियामा माछाको अचार बनाउने तालिम

खबर खुराक
खबर खुराक २७ माघ २०७९, शुक्रबार
2 Min Read
Aa

२७ माघ बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले छपियामा माछाको अचार बनाउने तालिम दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाण्डौको सहयोगमा ३० जनालाई गाउँपालिकाले ५ दिने अचार बनाउने तालिम प्रदान गरेको हो ।

गाउँपालिका उपाध्यक्ष तारा थारुले आफूले तालिममा सहभागीहरुलाई शुभकामना व्यक्त गर्दै सीपलाई व्यवसायीक रुपमा प्रयोग गर्न सुझाब दिइन् । तालिम लिएर मात्र जीविको पार्जन नहुने बताउँदै उनले सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गरेकी हुन् । सीप प्रयोगमा ल्याउने प्रशिक्षार्थीहरुलाई थप व्यावसायिक बन्न र गर्न चाहेमा गाउँपालिकाले कार्योजना बनाई आर्थिक अनुदान समेत उपलब्ध गराउने सक्ने बताइन् ।

यसैगरी सियारी–४ का अध्यक्ष श्रीराम यादवले सीप नभएका जीवनमा अप्याठाराहरु पर्न सक्ने बताउँदै सीप सिकेर त्यसको प्रयोग गरी आत्मनिर्धतर्फ लाग्नुपर्नेमा जोड दिए । छपिया फिस भिलेज रिसोर्ट, छपियामा सम्पन्न कार्यक्रममा सियारी गाउँपालिकाका आर्थिक बिकास शाखाका अधिकृत तथा मडेपका फोकल पर्सन गणेश प्रसाद खनाल, महिला बिकास शाखाका प्रमुख शान्ता पौडेल, वडा सचिव राजेन्द्र प्रसाद यादव, लक्ष्मी कार्कीको समेत उपस्थिति रहेको थियो । छपिया माछा अचार लघु उद्यम समूह, छपियाका अध्यक्ष बेलमाया थापाको अध्यक्षता तथा समूहका सह सचिव सोनम खरेलको संचालनमा सञ्चालित माछाको अचार बनाउने तालिम गत माघ २२ गते देखि शुरु भएको थियो ।

तालिममा छपिया फिस भिलेज रिसोर्टको प्राविधिक सहयोग रहेको थियो । रिसोर्टका मुख्य सेफ कमल पोख्रेलले अचार बनाउने तालिमको सहजिकरण गरेका थिए । रिसोर्टका सञ्चालक गौरव गौतमको बिशेष सहयोग रहेको उक्त तालिममा प्रशिक्षार्थीहरुलाई माछाबाट बन्ने १० प्रकारको परिकार बारे सिकाइएको थियो । यसैगरी माछाको टाउकोमा अनेक मसला युक्त सामग्रीको मिश्रणबाट माछाको चोप र अचार बनाउने सीप सिकाईको तालिममा सहभागी लक्ष्मी घिमिरेले जानकारी दिइन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्