Ad imageAd image

चैतसम्म ऋण भुक्तानी गर्दा छुट : नेपाल बैङ्क लिमिटेड

खबर खुराक
खबर खुराक २७ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

२७ माघ काठमाडौँ। नेपाल बैङ्कले ऋणीहरूलाई कर्जा चुक्ता गरे ब्याज छुट दिने भएको छ। बैङ्कले शुक्रवार एक सूचना जारी गर्दै आगामी चैत मसान्तसम्म ऋण भुक्तानी गर्दा ब्याजमा छुट पाइने जनाएको हो।

‘बैङ्कले २०७९ को चैत मसान्त अगाडिभित्र कर्जा चुक्ता (ऋण भुक्तानी) गर्दा खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा रु २५ लाखसम्मका खराब कर्जा तथा उपलेखत कर्जा ऋणीहरूलाई ब्याजमा छुट सुविधा दिइनेछ’, बैङ्कले जारी गरेको सूचनामा भनिएको छ।

बैङ्कको ब्याज छुटसहितको अवसर प्राप्त गरी कर्जा चुक्ता गर्नका लागि शाखा कार्यालय वा प्रधान कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

बैङ्कले बक्यौता साँवा रु एक लाखसम्मका कर्जामा बाँकी साँवाको १० प्रतिशत, रु पाँच लाखसम्मका कर्जामा ३० प्रतिशत, रु १० लाखसम्मका कर्जामा ४० प्रतिशत, रु १५ लाखसम्मका कर्जामा ६० प्रतिशत, रु २० लाखसम्मका कर्जामा ७० प्रतिशत र रु २५ लाखसम्मका कर्जामा ८० प्रतिशत बराबरको रकम ब्याज लिएर बाँकी ब्याज मिनाहा गर्ने बैङ्कले जनाएको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्