Ad imageAd image

युरोपेली सहयोगीहरू युक्रेनमा विमान पठाउन तयार छन्: जेलेन्स्की

खबर खुराक
खबर खुराक २७ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

२७ माघ काठमाडौं। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा मुलुकबाट नयाँ हतियार पाउने उद्देश्यले गरेको दुई दिने युरोप भ्रमणपछि युरोपेली नेताहरु लडाकु विमान आपूर्ति गर्न तयार रहेको टिप्पणी गरेका छन् ।

‘युरोप हाम्रो जीतसम्म हामीसँग रहनेछ। हामीलाई आवश्यक हतियार र विमानसहित समर्थन दिन तयार भएको कुरा मैले धेरै युरोपेली लिडरहरूबाट सुनेको छु…,’ जेलेन्स्कीले बिहीबार ब्रसेल्समा पत्रकारहरूसँग बोल्दै भने ।

‘मसँग अहिले धेरै द्विपक्षीय (सहयोगी मुलुक) छन्, लडाकु विमान र अन्य विमानको मुद्दा उठाउने छौं,’ उनले अघि भने ।

जेलेन्स्कीले लडाकु विमान पाउने बारे थप विवरण भने भनेका छैनन् । यदि यसो भयो भने यो युक्रेन युद्धमा पश्चिमा मुलुकको अहिलेसम्मकै महत्वपूर्ण हतियार विस्तार हुनेछ। कुनै पनि युरोपेली मुलुकले पनि लडाकु विमान दिनेबारे भने पुष्टि गरेको छैन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्