Ad imageAd image

उद्योगी व्यवसायीहरूको समस्याप्रति सरकार र राष्ट्र बैंक गम्भीर छ : अर्थमन्त्री

खबर खुराक
खबर खुराक २७ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

२७ माघ काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उद्योगी व्यवसायीहरूको समस्याप्रति सरकार र राष्ट्र बैंक गम्भीर र चिन्तित रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २३औं साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीहरूको समस्यालाई न्यूनीकरण गर्नका लागि राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सहुलियतको योजना तय गरेको बताए।

ऋणीहरूको समस्यालाई केही सम्बोधन गर्न २०८० जेठ मसान्तसम्मका लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिएको उनले बताए।

त्यस्तै उनले राष्ट्र बैंकले अघि सारेका नीतिले थौरै भएपनि व्यवसायीको समस्याप्रति राष्ट्र बैंक सकारात्मक रहेको संकेत गरेको धारणा राखे।

- Advertisement -
Ad image

अहिले मुलुकको आर्थिक अवस्थामा राम्रो नभएपनि आत्तिनुपर्ने अवस्था नरहेको भन्दै अर्थमन्त्री पौडेलले सबै मिलेर प्रतिकुलताका बेला धैर्यताका साथ काम गर्नुपर्ने बताए।

उनले वर्तमान सरकारले निजी क्षेत्रका समस्याहरूलाई सुनेर समाधानका लागि पहलकदमी लिने प्रतिवद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्