२९ माघ बुटवल। नेकपा एमाले पार्टीले अहिले आफ्नो सकृयता ह्वात्तै बढाएको छ । सांगठनिक संरचनालाई पुर्नजिवित गर्नका लागि एमालेले केन्द्र देखि वडा तहसम्मको आफ्ना पार्टीको भातृ संगठनको संरचनालाई पुर्नताजकी गराउने काम गरिरहेको छ ।नेकपा एमाले निकट भातृ संगठन ‘न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा समाज परिवर्तन युवाको काँधमा’ भन्ने मुल नाराको साथ स्थापना भएको राष्ट्रिय युवा संघ नेपाल , रुपन्देही जिल्ला कमिटी सङ्गठन तीव्र गतिमा गहिरहेको छ ।
राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीले २०७९ साल माघ २८ गते पार्टी कार्यलाय सुख्खानगर पुष्पलाल स्मृति भवनमा राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी अध्यक्ष मनोज गौचन को को अध्यक्षता , पार्टी केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज भुमिश्वर ढकालको प्रमुख आतिथ्यता ,राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीको विशिष्ट आतिथ्यता, नेकपा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसि ,जनसङठन बिभाग प्रमुख चित्र बहादुर केसि, नेकपा एमाले रुपन्देही जिल्ला सदस्य एवम् युवा इन्चार्ज नकुल शाही ठकुरी , राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज केशव रोका लागएत जिल्ला नेताहरुको उपस्थितमा पुर्ण बैठक सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्