Ad imageAd image

दोस्रो अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिताको उपाधी देवदह नगरपालिलाई

खबर खुराक
खबर खुराक २९ माघ २०७९, आईतवार
1 Min Read
Aa

२९ माघ देवदह। रुपन्देहीको देवदहमा संचालित दोस्रो अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिताको उपाधी देवदह नगरपालिकाले जितेको छ। फाईनल खेलमा सिद्धार्थ नगरपालिकालाई हराउदै देवदह नगरपालिकाले प्रतियोगिताको उपाधी जितेको हो।

निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल गर्न नसकेपछि खेल ट्राईवेकरमा गएको थियो। ट्राईवेकरको आधारमा दोस्रो अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिताकाको उपाधी देवदह नगरपालिकाले जितेको हो। ट्राईवेकरमा सिद्धार्थ नगरपालिकाका खेलाडीले प्रहार गरेकोे बल देवदह नगरपालिकाका किपरले रोक्न सफल भएपछि उपाधी आफनो पोल्टामा पार्न सफल भएको हो। निरधारित समयमा दुवै टिमबाट कुनैपनि गोल गर्न नसकेपछि ट्राईवेकरमा ५ का विरुद्ध ६ गोल गर्दै देवदह नगरपालिकाले उपाधी चुमेको हो।

जित संगै देवदह नगरपालिकाले नगद ५१ हजार, ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेतामा चित्त बुझाउनु परेको सिद्धार्थ नगरपालिकाले नगद ३१ हजार, मेडल, ट्रफी र मेडल प्राप्त गरेको छ। नेपाल निजामति कर्मचारी संगठन देवदह नगर ईकाई समितिको आयोजनामा भएको दोस्रो अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगितामा रुपन्देहीका १२ पालिकाको सहभागिता रहेको थियो। विजेता खेलाडीहरुलाई एक कार्यक्रमका वीच देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले पुरस्कार प्रदान गर्नु भएको थियो। नेपाल निजामति कर्मचारी संगठन देवदह नगर ईकाई समितिका अध्यक्ष विष्णुप्रसाद वस्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्