Ad imageAd image

काश्मिरमा भेटियो संसारकै तेस्रो ठूलो लिथियम भण्डार

खबर खुराक
खबर खुराक २९ माघ २०७९, आईतवार
1 Min Read
Aa

२९ माघ काठमाण्डौं । भारतको जम्मु काश्मिरमा लिथियमको बिशाल भण्डार पत्ता लागेको  छ । कुल क्षमता ५९ लाख टन भएको लिथियमको भण्डारी भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।

काश्मिरमा लिथियमको बिशाल भण्डार पत्ता लागेसँगै भारत चिलि, अष्ट्रेलिया पछि संसारकै तेस्रो भण्डारण भएको देशमा गनिएको छ । लिथियमा लागि भारत दोस्रो देशमा निर्भर रहदैँ आएको थियो, यो भण्डार पत्ता लागेसँगै भारतको अर्थतन्त्रमा नयाँ कायापलट हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।

लिथिएम एक नान फेरस मेटल हो, जसको प्रयोग मोबाइल, ल्यापटप, बिद्युतीय सवारीसहित धेरै इलोक्ट्रोनिक समानहरुमा प्रयोग हुनेछ, जो चार्जेबल बेटरी बनाउन अत्याधिक मात्रामा प्रयोग गरिदै आएको छ ।

भारतले यसका आयातका लागि करोडौं रुपैयाँ खर्च गर्दै आएको छ । भारतले २०२०/२१ मा मात्रै लिथियम आयन बेटरी आयातका ८,८९४ करोड खर्च गरेको थियो भने २०२१/२२ मा मात्रै भारतले १३,८३८ करोड खर्च गरेर आयात गर्नु परेको थियो, जसमध्ये ८० प्रतिशत चिनवाट आयात गरिएको थियो ।

- Advertisement -
Ad image

काश्मिरमा लिथियमको भण्डार भेटिए पछि आयात प्रतिस्थापनका साथै निर्यात पनि हुने भएकाले भारतीय अर्थतन्त्रमा यसको महत्वपुर्ण योगदान रहने भारतीय अर्थशाष्त्रीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्