Ad imageAd image

विश्वकप क्लब फुटबलको उपाधि रियाललाई

खबर खुराक
खबर खुराक २९ माघ २०७९, आईतवार
2 Min Read
Aa

२९ माघ काठमाडौं । स्पेनिश क्लब रियाल मड्रिड फिफा क्लब विश्वकप च्याम्पियन बन्न सफल भएको छ । साउदी अरेबियाको अल हिलालमाथि ५–३ को जित निकाल्दै मड्रिड  पाँचौं पटक क्लब विश्वकपको च्याम्पियन बनेको हो ।

मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाहमा भएको खेलमा हिलाललाई हराउँदै पाँचौ पटक बिश्वकप च्याम्पियनको उपाधि उचाल्न सफल भएको हो । जसमा रियालको भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले २–२ तथा कप्तान करिम बेन्जेमाले एक गोल योगदान गरेका थिए ।

 उता, अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल मात्रै गरेपछि उपविजेतामा सीमित भयो ।

खेलको १३ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियाललाई शुरूआती अग्रता दिलाए भने त्यसको ५ मिनेटपछि अर्थात् १८ औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै रियालको अग्रतालाई दुई गोलले दोब्बर पारे।

- Advertisement -
Ad image

२६औं मिनेटमा साउदी क्लबका लागि मोउसा मारेगाले गोल गरेपछि पहिलो हाफ २–१ को स्थितिमा पुग्यो तर ५४ औं मिनेटमा पुग्दा रियालका कप्तान करिम बेन्जेमाले गोल गर्दै रियाललाई खेलमा ३–१ ले अग्रता दिलाए । ५८ औं मिनेटमा फेडे भाल्भेर्डेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रियाललाई ४–१ को स्थितिमा पुर्‍याए।

६३ औं मिनेटमा लुसियानो डारियो भिट्टोले गोल गर्दै अल हिलाललाई खेलमा फर्कने संकेत दिए । तर ६९औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे खेललाई ५–२ को अवस्था राखिदिए ।

 अल हिलाबको तर्फवाट ७९ औं मिनेटमा लुसियानो डारियो भिट्टोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। अन्ततः खेल ५–३ मा टुंगियो ।

पछिल्ला १० संस्करण युरोपियन क्लबले मात्रै क्लब विश्वकपको उपाधि जितेका छन् । उपाधि नजिक पुगेको अल हिलाल क्लब विश्वकप जित्ने पहिलो एसियाली टिम बन्ने अवसर पाउँदा पाउँदै पनि चुकेको छ।

पाँच पटक फाइनल पुगेको रियाल पाँचैपटक च्याम्पियन बनेको हो। यसअघि सन् २०१४, २०१६, २०१७  र  २०१८ मा उपाधि जितेको थियो।

प्रतिक्रिया दिनुहोस्