Ad imageAd image

भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टिमको बिदाइ

खबर खुराक
खबर खुराक २९ माघ २०७९, आईतवार
1 Min Read
Aa

२९ माघ काठमाडौं । भारतीय महिला टिमसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला टिमको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आइतबार आयोजित एक कार्यक्रमकाबीच नेपाली टिमको बिदाइ गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, एन्फा वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष बिरबहादुर खड्का, महासचिव किरण राई, प्रवक्ता सुरेश शाहलगायतको उपस्थिति थियो । भारतीय फुटबल महासंघ (एआईएफएफ) को निम्तोमा नेपाली टिम भारत भ्रमणमा जान लागेको हो । नेपाली टिम भोलि (सोमबार) भारत प्रस्थान गर्नेछ ।

नेपालले फागुन ३ गते पहिलो र फागुन ६ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । दुवै खेल चेन्नईस्थित जवाहरलाल नेहरु रंगशालामा नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।

- Advertisement -
Ad image

यही खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनन्तराज थापालाई नेपाली टिमको मुख्यप्रशिक्षक र पारस चौधरीलाई सहायक प्रशिक्षकको रुपमा नियुक्त गरिसकेको छ

प्रतिक्रिया दिनुहोस्