२९ माघ काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ब्याजदर घटाउने काम राष्ट्र बैंकको भएको र उसले काम गरेको जानकारी दिए ।
बैंकको ब्याजदर तरलता समस्या हटाउने राष्ट्र बैंकले मौद्रिक नीतिबाट काम गरेको जानकारी उनले प्रतिनिधिसभामा दिए ।
“बजारको अपेक्षाअनुसार ब्याजदर घट्न समय लाग्छ,” पौडेलले भने, “केन्द्रीय बैंकले बजारको आवश्यक्ता हेरेर सन्तुलित ढंगले मौद्रिक नीति ल्याएको छ ।”
उनले सरकार सेयर बजारको विषयलाई संवेदनशील तरिकाले हेरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्