Ad imageAd image

जनयुद्ध दिवसः भोलि देशैभर सार्वजनिक बिदा

खबर खुराक
खबर खुराक २९ माघ २०७९, आईतवार
1 Min Read
Aa

सरकारले जनयुद्ध दिवसका दिन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतवार बसेको मन्त्रिपरिषदको बैठकले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो।

वि.सं. २०५२ फागुन १ गतेबाट शुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतापछि टुंगिएको थियो ।

- Advertisement -
Ad image

माओवादीले जनयुद्धकै जगमा गणतन्त्र, संघीयता, समावेशिता लगायतका उपलब्धि सम्भव भएको दाबी गर्दै आएको छ ।

यसअघि पृथ्वीजयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिएपछि पार्टी पंक्तिमा आलोचना भइरहेका बेला प्रचण्डलाई जनयुद्ध दिवसमा पनि बिदा दिन सहकर्मीहरूको दबाब थियो ।

प्रतिक्रिया दिनुहोस्