Ad imageAd image

भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा

खबर खुराक
खबर खुराक १ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

१ फागुन काठमाडौं । क्वात्रा र नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा रहेको टोलीले उक्त संयन्त्रको बैठक गर्न लागेको हो ।

क्वात्रा र परराष्ट्र सचिव पौड्यालबीच दुई मुलुकका विभिन्न आयाममाथि छलफल हुने बताइएको छ । दुई मुलुकबीच प्रशासनिक तहको सबैभन्दा उच्च संयन्त्रको बैठकपछि विदेश सचिव क्वात्राले परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ

नेपालका लागि पूर्वभारतीय राजदूतसमेत रहेका क्वात्रा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरका विश्वास पात्र हुन् । उनले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तो समेत दिने उच्च स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्