Ad imageAd image

नेपाल- भारत परराष्ट्र सचिवस्तरीय बैठक सुरु

खबर खुराक
खबर खुराक १ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

१ फागुन काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवको प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ । सोमबार दिउँसो याक एण्ड एति होटलमा परराष्ट्र सचिवस्तरीय बैठक सुरु भएको हो।

बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र भारतको तर्फबाट विदेश सचिव विनय मोहन क्‍वात्राले नेतृत्व गरेका छन्। परराष्ट्र सचिव पौड्यालको निमन्त्रणामा क्‍वात्राको नेतृत्वमा चार सदस्यीय टोली सोमबार बिहान भारतीय वायु सेनाको जहाजबाट काठमाडौं आइपुगेको हो। टोलीमा भारतीय विदेश मन्त्रालयमा नेपाल डेस्क प्रमुख (नर्थ) सहसचिव अनुराग श्रीवास्तवसमेत रहेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल हुनेछ। कनेक्टिभिटी, ऊर्जा व्यापार,कृषि,स्वास्थ्य र संस्कृतिलगायत सहकार्यका विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्