Ad imageAd image

रुपन्देहीमा श्रीमतिको हत्या गर्ने श्रीमान पक्राउ

खबर खुराक
खबर खुराक १ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

१ फागुन बुटवल । रुपन्देहीमा श्रीमतिको श्रीमानले हत्या गरेका छन् । जिल्लाको मायादेवी गाउँपालिका–१ स्थित धमौलीका रामनारायण लोधले २४ वर्षीया श्रीमति सरोज लोधको मंसिर ८ गते हत्या गरेका थिए ।

उनले श्रीमतीलाई भारतमा मेला हेर्न जान भनी मोटरसाईकलमा राखी भारतको डफालीपुर भन्ने गाउँमा लगी हात खुट्टा बाँधी निर्ममपुर्वक कुटपिट गरी योजनाबद्ध तरिकाले हत्या गरी फालेको प्रहरीले जनाएको छ । हत्या गरी प्रहार रहेका रामनारायणलाई प्रहरीले माघ २५ गते मायादेवी गाउँपालिका–१ बाट नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्