Ad imageAd image

विदेशको कमाई स्वदेशमा लगानी, मनग्य आम्दानी

खबर खुराक
खबर खुराक १ फाल्गुन २०७९, सोमबार
6 Min Read
Aa

१ फागुन बागलुङ । बागलुङ नगरपालिका वडा नं. ३ खहरेस्थित सिमलचौरका खड्क केसीलाई जापानको राम्रो कमाई र व्यवसाय छोडेर गाउँको माटोले तान्यो । १२ वर्षको विदेश बसाइलाई बिट मारेर गाउँ फर्किएका उनले स्वदेशको आफ्नै माटोमा केही गर्ने लक्ष्यका साथ कृषिसँगै ‘एग्रो रिसोर्ट’ मा लगानी गरेका छन् ।

९ वर्ष अघिदेखि सञ्चालनमा ल्याएको पशुपालनलाई उनले हालै  रिसोर्टमा परिमार्जन गर्दै लगानी विस्तार गरेका छन् । उनले माछा, मासु, अण्डा, दूध र तरकारीको उत्पादनलाई आफूले स्थापना गरेको आफूले स्थापना गरेको ‘सिमलचौर एग्रो रिसोर्ट’ मा खपत गर्ने लक्ष्यका साथ लगानी विस्तार गरेका छन् ।

सबै युवाहरु विदेश बसेर नहुने जनाउँदै विदेशमा आर्जन गरेको कमाईले आफ्नै जन्मथलोमा आएर लगानी गरेको व्यवसायी केसीले बताए । ४९ वर्षीय केसीले आफ्नो आम्दानीलाई सो रिसोर्टमा लगानी गरे । पाँच रोपनी जग्गाबाट शुरु गरेको एग्रो रिसोर्ट अहिले ३० रोपनी जग्गामा फैलिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्