Ad imageAd image

सुख्खा बन्दरगाह निर्माणको काम अब अघि बढ्छ: प्रधानमन्त्री

खबर खुराक
खबर खुराक १ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

१ फागुन काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षभित्र सुख्खा बन्दरगाह निर्माण गरिसक्ने बताएका छन्।

कञ्चनपुरकाे दाेधारा चाँदनी नगरपालिका १ मा सुख्खा बन्दरगाहको काम अब अघि बढ्ने उनले बताए।

‘तीन वर्षभित्र बन्दरगाह बन्नेछ, यसले सुदूरपश्चिमकाे मात्रै हाेइन देशमा व्यापरकाे ढाेका खुल्नेछ,’ उनले भने।

त्रिदेशीय व्यापारकाे केन्द्र दाेधाराचाँदनी बन्न सक्ने उनको भनाइ छ।

- Advertisement -
Ad image

देशकाे आर्थिक विकासमा सहज पुर्‍याउनुछ, बन्दरगाह बनेपिछ त्रिदेशीय समझदारी हुन्छ,’ उनले भने।

प्रधानमन्त्री दाहालले महाकालीमा पुल निर्माण गर्न र बाँध बनाउन थप सहयोग आवश्यक रहेकाे उनले बताए।

सरकारले पुल र बाँध बनाउन सहयोग गर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्