Ad imageAd image

माघ मसान्तसम्म ५ खर्ब १४ अर्ब राजस्व उठ्यो, संशोधन लक्ष्य पूरा गर्न १० खर्ब ३५ अर्ब उठ्नुपर्ने

खबर खुराक
खबर खुराक १ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

१ फागुन काठमाडौं । सरकारले माघ मसान्तसम्ममा ५ खर्ब १४ अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ । गतवर्षको फागुन मसान्तको तुलनामा एक खर्ब रूपैयाँले कम हो ।

आइतबार प्रतिनिधिसभामा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ५५ वर्षपछि पहिलोपटक गतवर्षको तुलनामा चालु वर्षमा राजस्व घटेको जानकारी दिएका थिए ।

जेठ १५ मा आएको बजेटमा सरकारले १७ खर्ब ९३ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । अर्थमन्त्री पौडेलले मध्यावधी समीक्षा मार्फत् १५ खर्ब ४९ अर्ब रूपैयाँ मात्र राजस्व संकलन हुने संशोधित लक्ष्य राखेका छन् ।

अर्थमन्त्री पौडेलले राखेको संशोधित लक्ष्य पूरा गर्न पाँच महिनामा सरकारले १० खर्ब ३५ अर्ब रूपैयाँ राजस्व संकलन गर्नुपर्छ ।

- Advertisement -
Ad image

सरकारले आयात प्रतिबन्ध हटेको तथा राजस्व असुलीमा कडाई गर्ने घोषणा गरेको कारण संसोधित लक्ष्य पुरा हुने जनाएको छ । तर, आर्थिक गतिविधिमा आएको सुस्तता हेर्दा सरकारलाई संशोधित लक्ष्य पूरा गर्न समेत कठिन हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्