Ad imageAd image

विश्व क्रिकेट लिग-२ मा नेपालले आज नामिबियासँग भिडदैँ

खबर खुराक
खबर खुराक २ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

२ फागुन काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत नामिबियासँगको खेलमा नेपालले दोस्रो ओभरमै एक विकेट गुमाएको छ । नामिबियाले दिएको २८६ रनको चुनौती पछ्याउने क्रममा दोस्रो ओभरमै नेपालका आशिफ शेखलाई आउट भएका हुन् ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा यो समाचार तयार पार्दासम्म ३ ओभरको समाप्तिमा नेपालले एक विकेट गुमाएर ६ रन जोडेको छ । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले  निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको हो । नामिबियाले माइकल भान लिगेनको १३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन जोडेसँगै नेपाललाई २८६ रनको चुनौती दिएको हो ।

नामिबियालाई सस्तैमा समेट्ने प्रयासमा नेपालका लागि करण केसीले ५ विकेट, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्