Ad imageAd image

मोबाइल पसल लुटपाटको घटना अनुसन्धान गर्न प्रहरीलाई निर्देशन

खबर खुराक
खबर खुराक २ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

२ फागुन काठमाडौं । सोमबार यातायात मजदुरहरूको आन्दोलनका क्रममा गोङ्गबु बसपार्क क्षेत्रका मोबाइल पसलहरूमा भएको लुटपाटको घटनाबारे अनुसन्धान गर्न गृह मन्त्रालयले नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

मन्त्रालयमा भएको एक छलफलपछि प्रहरीलाई सो घटनाबारे तत्काल अनुसन्धान गर्न निर्देशन दिइएको गृहसचिव विनोदप्रकाश सिंहले टेकपानालाई जानकारी दिए ।

आठ करोड रुपैयाँ बढीका मोबाइल तथा अन्य सामान लुटपाट भएको भन्दै नेपाल मोबाइल व्यवसायी महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय लगायतका निकायमा ज्ञापनपत्र बुझाएको थियो । गृहसचिव सिंहले यस विषयलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिइएको बताए ।

यातायात मजदुरले गरेको आन्दोलनले उग्र रुप लिँदा ल्होत्से मलका माेबाइल पसलमा लुटपाट मच्चिएकाे थियाे ।

- Advertisement -
Ad image

महासंघका उपाध्यक्ष ​एवं ल्होत्से मलमा रहेकाे मोबाइल पसलका सञ्चालक अर्जुन चालिसेका अनुसार लुटपाट र तोडफोडबाट आठदेखि १० करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्