३ फागुन डोटी । ‘नयाँनयाँ बाली त भित्र्याउन खोज्दैछौं तर जनशक्तिनै छैन । खासगरी नवौं/१०औं तहका कर्मचारीहरूले कृषि क्षेत्रमा नयाँ अनुसन्धान गर्नु पर्ने हो । तर, हाम्रो निर्देशनालयमा भएका दरबन्दीहरु रिक्त छन् ।’
पछिल्लो समय सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा केही नयाँ काम भएका भए पनि जनशक्ति अभावका कारण उल्लेख्य प्रगति हुन नसकेको बताउँछन् सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय राजपुरका सूचना अधिकारी केशवराज पाण्डेय ।
उनले कृषि क्षेत्रमा नयाँनयाँ अनुसन्धान र प्रयोगका लागि आवश्यक जनशक्तिको अभाव रहेको बताए ।
निर्देशनालयमा सवारी चालक र कार्यालय सहयोगीसहित ३८ जनाको दरबन्दी रहे पनि हाल १६ जनामात्रै कार्यरत रहेको उनले बताए । ‘कार्यरतमध्ये पनि ६ जना करारका कर्मचारीहरू छन्,’ पाण्डेयले भने, ‘२२ जनाको त दरबन्दीनै रिक्त छ ।’
प्रतिक्रिया दिनुहोस्