Ad imageAd image

टर्किए भूकम्पमा ४१ हजार बढीको मृत्यु, दशौं हजार घाइते, हजारौं घरवारविहीन

खबर खुराक
खबर खुराक ३ फाल्गुन २०७९, बुधबार
4 Min Read
Aa

इस्तानबुल । टर्किएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी  ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौँ घरबारविहीन भएका छन् ।

खोज तथा उद्धारमा संलग्न सरकारी अधिकारीहरूका अनुसार टर्किएमा ३५ हजार चार सय १८ जना तथा सिरियामा पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । टर्किएमा आठ हजारभन्दा बढीलाई भग्नावशेषबाट उद्धार गरिएको छ ।

सिरियामा ५३ लाख मानिस घरबारविहीन भएका छन् । टर्किएमा दुई सय १५ भन्दा बढी पराकम्पन महसुस भएको छ । टर्किएमा ४६ लाख तथा सिरियामा २५ लाख बालबालिका भूकम्पबाट प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्