Ad imageAd image

मुस्ताङबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो

खबर खुराक
खबर खुराक ३ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

३ फागुन काठमाडौं । मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको यात्रीवहाक बस बुधबार कालीगण्डकी नदीमा खसेको छ ।

थासाङ गाउँपालिका–३ स्थित कालीगण्डकीमा बस खस्दा १७ जना घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शारदाप्रसाद चौधरीका अनुसार ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार १७ जना घाइते भएका हुन् ।

उनीहरू सबैको उद्धार गरिएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको एसएसपी चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्