Ad imageAd image

ओलीलाई प्रदीप पौडेलको प्रश्न : बालकोटबाट प्रसाद थापेर बनेको कस्तो गठबन्धन?

खबर खुराक
खबर खुराक ३ फाल्गुन २०७९, बुधबार
2 Min Read
Aa

३ फागुन काठमाडौं । नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले संसद प्रभावकारी ढंगले अगाडि बढ्न नसकेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले जताततै समस्या नै समस्याका चाङ देखिएकाले समाधानका लागि संसद असाध्यै प्रभावकारी हुन जरूरी रहेको बताएका हुन्।

उनले संसद आशाको केन्द्र बन्नेमा आफू उत्साहित नभएको बताए। सांसद पौडेलले संसद विघटनको भोग र सनक कायमै रहेकाले सं‌सद विघटन दोहोरिन नदिने प्रतिवद्धता जनाए। उनले भने,’संसद विघटन कायरता हो। यसलाई दोहोरिन दिने छैन। संसद विघटनको भोग र सनक नमेटिएको पाइयो। यो संसद पनि असुरक्षित छ भन्ने अनुमान गर्ने स्थिति बनेको छ। ‘

केपी ओलीले भनेजस्तो ढोक्सा थापेको नभइ संसदको सुरक्षाका लागि कांग्रेस उभिएको उनको भनाइ छ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक लाभ लिन कांग्रेसले ढोक्सा थापेको भनाइप्रति आपत्ती जनाउँदै नेता पौडेले आफूले ढोक्सा नभइ संसदको सुरक्षा र हितका लागि उभिएको स्पष्ट पारे।

उनले भने,’ढोक्सा भन्ने शब्दलाई प्रधानमन्त्रीले असाध्यै चर्चा बनाउनुभयो।नेपाली कांग्रेसले ढोक्सा थापेको होइन। संसद सुरक्षितका लागि, हितका लागि उभिएको हो।?

- Advertisement -
Ad image

उनले बालकोटमा हतार हतारमा प्रसाद थाप्न बनेको कस्तो गठबन्धन भन्दै ओलीलाई प्रश्न समेत गरे। ‘बालकोटमा हतार हतारमा प्रसाद थाप्न बनेको गठबन्धन कस्तो छ। जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सरकारमा किन गएनन् कांग्रेसले ढोक्सा थापेर?,’उनले भने,’राष्ट्रिय स्वतन्त्र पार्टी किन सरकारबाट बाहिरियो कांग्रेसले बाला देखाएर?

प्रतिक्रिया दिनुहोस्