Ad imageAd image

जर्मनीले दियो नेपाललाई १५ लाख मात्रा फाइजर खोप

खबर खुराक
खबर खुराक ३ फाल्गुन २०७९, बुधबार
1 Min Read
Aa

३ फागुन काठमाडौं । नेपाल सरकारलाई जर्मनीले कोभ्याक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्धको १५ लाख मात्रा फाइजर खोप नेपाललाई प्रदान गरेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रलयमा नेपालका लागि जर्मनी राजदुत डा. थ्रोमास  प्रिन्सले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई उक्त खोप हस्तान्तरण गरेका हुन् ।

राजदुत डा. प्रिन्सले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताए । उनले आफूहरुले दिएको खोपको सदुपयोग हुने आशा व्यक्त गरे ।

यस्तै मन्त्री पदम गिरीले खोप लक्षित वर्ग तथा ज्येष्ठ नागरिकलाई दिइने प्रतिबद्धता व्यक्त गरे । ‘हामी ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन्छौं’, मन्त्री गिरीले भन । उनले  नेपालमा आएको भूकम्पको समयमा जर्मनीले गरेको सहयोगको पनि प्रशंसा गरे ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्