Ad imageAd image

बजेट खर्च : विकास निर्माण गर्ने मन्त्रालयको ६ महिने अवस्था नाजुक

खबर खुराक
खबर खुराक ३ फाल्गुन २०७९, बुधबार
2 Min Read
Aa

३ फागुन काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा २१ मन्त्रालयले दुई खर्ब ४२ अर्ब ५९ लाख रुपैयाँ खर्च गरेका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन’ अनुसार सबैभन्दा बढी खर्च रक्षा मन्त्रालयले गरेको छ । यो मन्त्रालयका लागि विनियोजन गरेको रकममध्ये ५०.३० प्रतिशत खर्च भएको छ ।

तर, विकास आयोजनासम्बन्धी काम गर्ने मन्त्रालयको खर्च भने निराशाजनक देखिएको छ । विकास आयोजनासम्बन्धी काम गर्ने मुख्यतः भौतिक पूर्वधार तथा यातायात मन्त्रालय, सहरी विकास, श्रम रोजगार, ऊर्जा, जलस्रोत तथा सिँचाइ, पर्यटनलगायत मन्त्रालयको खर्च न्यून देखिएको हो । यीबाहेक कर्मचारीलाई तलबभत्तामा खर्च बढी गर्ने मन्त्रालयको खर्च सर्वाधिक भएको देखिन्छ ।

उक्त प्रतिवेदनअनुसार रक्षा, गृह, परराष्ट्र, युवा तथा खेलकुद मन्त्रालयको बजेट सबैभन्दा खर्च बढी देखिएको छ । पूर्वाधारको विकाससम्बन्धी काम गर्ने सहरी विकास मन्त्रालयले विनियोजन गरिएको बजेटको १५.२५ प्रतिशत खर्च गरेको छ भने भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन बजेटको १६.१९ प्रतिशत खर्च भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि यो वर्ष एक खर्ब ६१ करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएकोमा २६ करोड १५ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै, सहरी विकास मन्त्रालयका लागि ३८ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएकोमा पाँच अर्ब ९० करोड ६८ लाख रुपैयाँ खर्च भएको छ ।

- Advertisement -
Ad image

त्यस्तै, गृह, शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्या तथा जनसंख्या मन्त्रालय र रक्षा मन्त्रालयका लागि ५० अर्बभन्दा बढी बजेट विनियोजन गरिएकोमा सबैभन्दा बढी खर्च रक्षा मन्त्रालयको भएको छ भने दोस्रोमा गृह मन्त्रालयको रहेको छ ।

गृह मन्त्रालयका लागि एक खर्ब ८५ अर्ब तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा ९० अर्ब ६ करोड रुपैयाँ खर्च भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भने विनियोजन बजेटको ३५.६७ प्रतशित मात्र खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयगत ६ महिनाको खर्च (रकम रू. लाखमा)

data-budget1676381248.jpg

प्रतिक्रिया दिनुहोस्