Ad imageAd image

फेरि बढे कोरोना संक्रमित, एकैदिन थपिए तीन जना

खबर खुराक
खबर खुराक ४ फाल्गुन २०७९, बिहीबार
0 Min Read
Aa

४ फागुन काठमाडौं । कोरोना भाइरसका संक्रमित फेरि बढेका छन् । आज एकै दिन तीन संक्रमित पाइएका हुन् । २२३ जनाको पीसीआर परीक्षणबाट तीन जनामा संक्रमण पाइएको हो ।

एक जनामात्र संक्रमणमुक्त भएका छन् । एक हजार २०२ जनाले खोप लगाएका छन् । अहिले सक्रिय संक्रमितको संख्या बढेर आठ पुगेको छ । अहिलेसम्म कोरोनाबाट नेपालमा १२ हजार २० जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्