४ फागुन देवदह । देवदह महोत्सव स्थलमा राखिएका खाद्यान्न सामाग्रीको म्याद गुज्रिएको पाइएमा तत्काल जफत गरिने मेला अनुगमन उपसमितिका संयोजक प्रेम थापा मगरले बताएका छन् ।
प्रत्येक दिन खाद्यान्न, होटेल व्यवसाय, लत्ताकपडा, दैनिक उपभोग्य सामाग्रीको स्टलहरुको अनुगमन भैरहेको बताउँदै संयोजक थापाले मेलामा जुवाजन्य खेल खेलाउन बन्द गरिएको बताए ।
माघ २६ गते देखि सुरु भएको देवदह महोत्सवमा आयोजक संस्था उद्योग व्यापार संघले मेला अनुगमन समिती बनाएर मेलामा राखिएका विभिन्न सामग्रीको अनुगमन गरिरहेको छ ।
उद्योग व्यापार संघ देवदहका महासचिव तथा मेला मूल आयोजक समितिका सचिवालय संयोजक थानेश्वर लम्सालले मेलामा विशेष गरि पेय पदार्थ, जङ्क फुड र होटेलमा प्रयोग हुने कच्चापदार्थ म्याद गुज्रिएको पाइने गरेको र त्यस्ता सामाग्रीको विशेष निगरानी राखिएको बताए ।
फागुन १० अर्थात मेला अवधीभर अनुगमन जारी रहने महासचिव लम्सालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्