Ad imageAd image

एउटा कम्पनीले एउटा मात्रै क्यासिनो सञ्चालन गर्न पाउने

खबर खुराक
खबर खुराक ५ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

५ फागुन काठमाडौं । सरकारले क्यासिनोमा गर्ने लगानीमा कडाइ गरेको छ । सम्पत्ति शुद्धीकरण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न

बनेको विधेयकअन्तर्गत पेस गरेको विधेयकमा एउटा कम्पनीलाई एउटा मात्र क्यासिनो सञ्चालन गर्न दिने व्यवस्था गरेको छ ।

सरकारले प्रतिनिधिसभामा सम्पत्ति शुद्धीकरण हुन नदिनको लागि पेस गरेको कानुन संशोधनको विधेयकमा क्यासिनोमा हुने लगानीमा क्रस होल्डिङ रोकेको हो ।

“इजाजत प्राप्त कम्पनीले एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न सक्ने छैन,” विधेयकमा भनिएको छ, “केही कम्पनीले ऐन पारित हुनुअगाडि एकभन्दा बढी क्यासिनो सञ्चालन गरेको भए त्यसलाई एउटामा ल्याउनुपर्छ ।” विधेयकले एकभन्दा बढी क्यासिनो सञ्चालन गर्नेलाई लगानी झिक्ने मौका २०८० सालसम्मको लागि दिएको हो ।

- Advertisement -
Ad image

क्यासिनो सञ्चालन गर्ने कम्पनीमा १५ प्रतिशतभन्दा बढी सेयर भएको व्यक्ति तथा कम्पनीले १० प्रतिशतभन्दा बढी सेयर बिक्री गर्दा पर्यटन मन्त्रालयको अनुमति चाहिने छ । क्यासिनो सञ्चालन गर्ने कम्पनीले क्यासिनो खेल्न आउनेको विवरण राख्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्