Ad imageAd image

सांसद डा. चन्द्र भण्डारीको शल्यक्रिया

खबर खुराक
खबर खुराक ५ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

५ फागुुन काठमाडौं । ग्यास लिक भएर आगलागी हुँदा जलेका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचार भइरहेको छ ।

उनको आजै दुईवटा शल्यक्रिया हुँदैछ । बिहान ११ बजे पहिलो शल्यक्रिया गर्न अपरेशन थिएटरमा लगिएको भए पनि अहिलेसम्म कुनै अपडेट नगराइएको मुम्बईबाट माधव न्यौपानेले जानकारी दिए । उनले भण्डारीको अवस्था नेपालमा भएजस्तै रहेको बताए ।

गत बुधबार राति घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेका भण्डारीको ३० प्रतिशत शरीरको भाग जलेको बताइएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भएकामा हिजो बिहान चिकित्सकको टोलीले थप उपचार नेपालमा सम्भव नहुने बताएसँगै श्रीएयरलाइन्सको विमान चार्टर्ड गरेर डा. भण्डारीलाई मुम्बई लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्