Ad imageAd image

कांग्रेस शीर्ष नेताहरु र कानुन व्यवसायीहरुको छलफल जारी

खबर खुराक
खबर खुराक ५ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

५ फागुन काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले विपक्षी दलको नेताबारे कानुन व्यवसायीहरुसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेस संसदीय दलका नेतालाई विपक्षी दलको नेता बनाउन नहुने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ मागिएको छ । भने संसद सचिवालयले पनि विपक्षी दलको नेताबारे कुनै निर्णय गरेको छैन ।

सर्वोच्चमा लिखित जवाफ पठाउनुअघि कांग्रेस शीर्ष नेताहरु कानुनी परामर्शमा जुटेका हुन् ।

संसदीय दलको कार्यालय, सिंहरदबारमा भइरहेको छलफलमा वरिष्ठ अधिवक्ता शम्भु थापा, शेरबहादुर केसी, रमन श्रेष्ठ, हरिहर दाहाल, खम्बबहादुर खाती लगायत छन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्