५ फागुन विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सिंहदरबारका बरण्डामा घुमिरहेका कर्मचारीलाई पालिकाहरुमा खटाउने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
‘सिंहदरबारका बरण्डा र दरबन्दी नभएका ठाउँमा कर्मचारीहरु के-कति कारणले बसिरहेका छन् ? त्यसको कारण खोजेर हामी सबैलाई स्थानीय तहमा पठाउँछौं,’ मन्त्री मोदीले भने ।
हालै बढुवा भएका उपसचिवहरुलाई कसैको कुरा नसुनिकन रिक्त रहेका स्थानीय तहमा खटाएको पनि उनले बताए ।
साथै पहाडी इलाकाका दुर्गम क्षेत्रमा कर्मचारी जान नमानिरहेको भन्दै जनताको सेवाका लागि कर्मचारीलाई अनिवार्य रुपमा खटाउने मन्त्री मोदीले बताए । यस्तै उनले संसद्को जारी अधिवेशनमै संघीय निजामती ऐन ल्याउने तयारी भइरहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्