Ad imageAd image

बजारमा छ्याप्छ्याप्ती नक्कली नोट

खबर खुराक
खबर खुराक ५ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

५ फागुन काठमाडौं ।  नेपालगञ्जमा नक्कली नोटको बिगबिगी देखिएको छ । कारोबारीले महत्वाकांक्षी र सोझा व्यक्तिमार्फत नक्कली नोटलाई बजारमा पुर्‍याइरहेका छन् ।

नक्कली नोटका नाइकेहरूले छिटो पैसा कमाउन लागि परेका महत्वाकांक्षी व्यक्तिलाई सक्कलीसँग नक्कली नोट साट्न लगाएर नक्कली नोटलाई बजारमा पठाएका छन् ।

बाँके प्रहरीले पछिल्लोपटक समातेका तीन जनाको भनाइका अनुसार नेपालगञ्ज बजारमा छ्याप्छ्याप्ती नक्कली नोट पुगेको छ ।

बाँके कोहलपुरका मोहन कुमाई, अछाम तुर्माखादका दीपक विसी र सल्यान बनगाडका मोहन रानालाई प्रहरीले १ हजारको ५ लाख ६९ हजार रूपैयाँ नक्कली नोटसहित पक्राउ गरेको छ । यी व्यक्तिले २ लाख रूपैयाँ सक्कलीसँग ६ लाख रूपैयाँ नक्कली नोट साटेका थिए ।

- Advertisement -
Ad image

६ लाखमध्येमा ३१ हजार रूपैयाँ उनीहरूले बजारमा खर्च गरिसकेका छन् । उनीहरूले खाना, नास्ता, बसाइ खर्चमा नक्कली नोट दिने गरेको बयान दिएका छन् ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्