Ad imageAd image

प्रजातन्त्र दिवसले शहीदहरुको अमर गाथालाई स्मरण गराएको छ : राष्ट्रपति भण्डारी

खबर खुराक
खबर खुराक ७ फाल्गुन २०७९, आईतवार
2 Min Read
Aa

७ फागुन काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रजातन्त्र दिवसले यसअघि आफ्नो ज्यानको आहुति दिने अमर शहीदहरको अमर गाथालाई स्मरण गराउने गरेको बताएकी छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।

“प्रजातन्त्र दिवसको पृष्ठभूमिमा २००७ सालभन्दा अघि भएका आन्दोलनहरूको भूमिका अभिन्न रूपले जोडिएको छ । वि.सं. १९९७ मा प्रजापरिषदको अगुवाईमा भएको आन्दोलनका क्रममा महान शहीदहरू गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दको सहादत भयो” शुभकामना शन्देसमा भनिएको छ, “प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्व स्थायी बनाउनुका साथै सहिदहरूको अमर गाथा पनि सदैव स्मरण गराउँछ”

“राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु” राष्ट्रपति भण्डारीले शुभकामना दिएकी छन् । नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्न अमूल्य जीवन उत्सर्ग गर्ने शहीदप्रति उनले श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।

नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको राष्ट्रपति भण्डारीको भनाइ छ । “वि.सं. २००७ सालमा जहानिया निरङ्कुश शासनविरूद्ध जनताको संघर्षले आजकै दिन विजय हासिल गरेको थियो । जनताको एकतावद्ध सामर्थ्यले निरङ्कुशतालाई पराजित गरी मानवअधिकार तथा राजनैतिक स्वतन्त्रता बहाल गर्न सक्छ भन्ने यथार्थलाई प्रजातन्त्र दिवसले सदैव स्मरण गराउँछ” उनले सन्देशमा चर्चा गरेकी छन् ।

- Advertisement -
Ad image

हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाएर अघि बढ्न आवश्यक रहेको उनले बताएकी छन् । “जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवनपद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुन सक्दछ” राष्ट्रपति भण्डारीले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्