Ad imageAd image

‘ए साथी सुन’ चैत १० बाट प्रदर्शनमा आउने

खबर खुराक
खबर खुराक ७ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

७ फागुन काठमाडौं । वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘ए साथी सुन’ १० चैतबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।

पोस्टरमा वर्षा शिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँ देखिएका छन् ।

लभस्टोरी, थ्रीलर र कमेडी जानराको फिल्ममा वर्षा र रमेशको अलावा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरी लगायतको अभिनय छ ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई बिना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् ।

- Advertisement -
Ad image

फिल्मका सह–निर्मातामा सुदीप पौडेल हुन् ।  फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्न लागेको हो । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्