Ad imageAd image

‘तिलोत्तमा होम्स’मा ठडिँदै घर, आवास क्षेत्र अवलोकन तथा बुकिङका लागि खुला

खबर खुराक
खबर खुराक ७ फाल्गुन २०७९, आईतवार
3 Min Read
Aa

७ फागुन बुटवल । लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले निर्माण गरिरहेको ‘तिलोत्तमा होम्स’मा आवास क्षेत्र अवलोकनका लागि खुल्ला गरेको छ । परियोजना अन्तरगत निर्माण सम्पन्न भएका टाइप ‘ए’ र टाइप ‘बी’का घरहरु अवलोकन गर्न ग्राहकलाई खुल्ला गरेको हो ।

निर्माण सम्पन्न भएका घर अवलोकनसहित सोही नमूनाका आधारमा घर बुकिङ पनि खुला रहेको क्पनीले जनाएको छ । आगामी वर्षसम्म बुकिङ भएका घरमा बस्न मिल्नेगरी कम्पनीले कामलाई तिब्रता दिएको छ । तिलोत्तमा(७ भलबारीमा रहेको होम्समा यही आर्थिक वर्षभित्रै कम्तिमा १ दर्जन बढी घर हस्तानतरण गर्ने लक्ष्य रहेको बताइएको छ । कम्पनीका अध्यक्ष नेत्र बनका अनुसार पहिलो चरणमा ४२ वटा घर निर्माण भैरहेका छन् ।

अध्यक्ष नेत्र बनले सरकारले निर्धारण गरेको मापदण्ड पालना गरि सुविधासम्पन्न सुरक्षित स्मार्ट आवास क्षेत्र निर्माण थालेको बताए। रुपन्देहीका दुई ठूला शहर बुटवल र भैरहवाको बीचमा रहेको तिलोत्तमा नगरपालिका(७ भलबारीमा निर्माण भईरहेको हाउजिङ, तिलोत्तमा होम्स नेपालकै नमूना बन्ने आशावादी रहेको उनले उल्लेख गरे । हालसम्म २१ वटा घर बुक भएको र १६ वटा घरहरु बुकिङ गरेकाहरुले चाडो सक्न आग्रह गरेका उनले बताए। सिद्धार्थ राजमार्ग भलबारीदेखि पूर्व ६ विगाहा क्षेत्रफलमा १ सय ९ वटा घर बन्ने परियोजना अन्तरगत ५६ घरहरु बन्दै छ। ४४ वटा घरमा ढलानको काम सकिएको र १२ वटाको जगको काम सकिएको छ । त्यसमध्ये पाँच वटा घर ईन्टरियर सहित निर्माण कार्य सम्पन्न भएको छ।

परियोजना अन्तरगत निर्माणधिन रहेको आवास क्षेत्रमा कम्पाउण्ड भित्र सबै परिवारले उपयोग गर्न मिल्नेगरि अत्याधुनिक कर्मसीर्यल कम्प्लेक्स, सामुदायिक भवन, ब्याडमिन्टन कवर्ड हल, बास्केट बल कोर्ट, स्वीमिङ पुल, चिल्ड्रेन्स पार्क, जिमखाना, मन्दिर, हेल्थ क्लब, रेष्टुरेन्ट, सैलेन, ब्युटिपार्लर, ग्रीनजोन तथा ग्रोसरी स्टोरहरु छन। मुलबाटो २६ र सहायक बाटो २४ फुट रहेको इन्जिनियर बासुदेव नेपालले बताए । सर्वश्रेष्ठ बिल्डर्सले परियोजना निर्माण कार्य गरेको छ। लुम्बिनी अष्टदिप मल्टिनेशनल प्रालिले यसको अवधारणा ल्याएको हो। यस परियोजना अन्तर्गत बन्ने घरहरु, घरको क्षेत्रफलको आधारमा पहिलो समूहमा १५ धुर जग्गामा २९२० वर्ग फिटको घर निर्माण गरिँदै छ भने दोस्रो समूहमा १० धुर क्षेत्रफलमा २१८१ वर्ग फिटका घर निर्माण गरिँदै छ ।

- Advertisement -
Ad image

समूह ए का घरको सुचिकृत मूल्य २ करोड ५० लाख र समूह बि घरको सुचिकृत मूल्य १ करोड ७५ लाख रुपैया निर्धारण गरिएको मार्केटिङ प्रमुख षडानन्द पौडेलले बताए । सरकारी कर्मचारी, बैंकका कर्मचारी तथा विदेशमा रहेका नागरिकहरुलाई लक्षित गरि आर्थिक अवस्था भएका ब्यक्तिहरु जसले आधुनिक बस्ति र सुरक्षित बस्तिको चाहना राख्नेको परियोजनाका आवासप्रति आकर्षण रहेको छ। परियोजनामा २ अर्ब लगानी रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्