७ फागुन काठमाडौँ । नेपालमा भ्रमणमा रहेका भारतीय सेनाका पूर्वसेनाध्यक्षहरूले आइतबार बिहान मुक्तिनाथको दर्शन गरेका छन् । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा सहभागिता जनाउनका लागि सेनाले मानार्थ महारथीको रुपमा भारतका वर्तमान र पूर्वसेनाध्यक्षहरूलाई बोलाएको थियो ।
पूर्वसेनाध्यक्षहरू विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीर सिंह शुक्रबार नेपाल आएका थिए भने उनीहरूले शनिबार टुँडिखेलमा भएको विशेष कार्यक्रममा दौरा-सुरुवाल लगाएर उपस्थित भएका थिए ।
पूर्वसेनाध्यक्षहरू विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीर सिंह शुक्रबार नेपाल आएका थिए भने उनीहरूले शनिबार टुँडिखेलमा भएको विशेष कार्यक्रममा दौरा-सुरुवाल लगाएर उपस्थित भएका थिए ।
नेपाली र भारतीय सेनाबीचको विशेष परम्पराअनुसार नेपालका प्रधानसेनापति भारतीय सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका सेनाध्यक्ष नेपाली सेनाका मानार्थ महारथी रहँदै आएका छन् ।
सेनाका अनुसार नेपालबाट पहिलो पटक मानार्थ महारथीको दर्जा पाउने भारतीय सेनाका स्थल सेनाध्यक्ष केएम करिअप्पा हुन् । सन् १९५० मा नेपाल भ्रमणका क्रममा नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मानित भएका थिए । उक्त परम्पराअनुसार २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्