Ad imageAd image

गोविन्द गुरुङ कृषि विकास बैंकको सीईओमा नियुक्त

खबर खुराक
खबर खुराक ७ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

७ फागुन काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो ।

बैंकको सीईओका लागि २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए । जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेका थिए ।

सर्टलिष्टमा परेकाहरुको शनिबार अन्तर्वार्ता भएको थियो । उक्त अन्तर्वार्ताबाट गुरुङ छानिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्