Ad imageAd image

एमालेले मनोनयनकै दिनमात्र राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने

खबर खुराक
खबर खुराक ७ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

७ फागुन विराटनगर । नेकपा एमालेले आफ्नो तर्फबाट १३ फागुनमा मात्रै राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ । २५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ ।

सोही दिन नै एमालेले आफ्नो तर्फबाट उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुनमा सार्वजनिक गर्ने बताएका हुन् ।

एमालेले उठाएको राष्ट्रपति उम्मेदवारलाई भोट माओवादी केन्द्रले म दिने विश्वातस व्यक्त गरेका उनले राष्ट्रपतिको निर्वाचनले सत्ता समीकरण नबदलिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्