Ad imageAd image

भूकम्पले थिलिएको सिरियामा इजरेलले हान्यो मिसाइल, १५ जनाको मृत्यु

खबर खुराक
खबर खुराक ७ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

७ फागुन काठमाडौं। केही दिनअघि फेब्रुअरी ६ मा आएको विनाशकारी भूकम्पग्रस्त सिरियाको राजधानी दमास्कसमा वरिष्ठ सुरक्षा अधिकारीहरू बस्ने एउटा भवनमा इजरेलले मिसाइल हान्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ। सघन जनसंख्या भएको काफ्र सुसामा उच्च अधिकारीहरू, सुरक्षा एजेन्सीहरू र गुप्तचर मुख्यालयहरू बस्ने घरमा इजरेलले मिसाइल हानेको हो।

‘मध्यराति १२ बजेर २२ मिनेटमा इजरेली शत्रुले कब्जा गरेको गोलान हाइट्सको दिशाबाट दमास्कस र यसको आसपासका आवासीय छिमेकीहरू सहित धेरै क्षेत्रहरूलाई निशाना बनाउँदै हवाई आक्रमण गर्याे,’ सिरियाको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।

सिरियाली सरकारले शुरुमा सर्वसाधारणसहित पाँच जना मारिएको र १५ जना घाइते भएको भनेको थियो। पछि सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले मृत्यु हुनेको संख्या १५ पुगेको अनुमान गरेको एएफपी समाचार एजेन्सीले जनाएको छ।

यो आक्रमण विशेष व्यक्तिलाई लक्षित गरी गरिएको हो कि भनेर तत्काल स्पष्ट हुन सकेको छैन। राज्य मिडियाले सार्वजनिक गरेको एक भिडियोले आक्रमणमा १० तले भवन नराम्ररी क्षतिग्रस्त भएको छ र यसको तल्लो तलाको संरचना कुचलिएको छ।

- Advertisement -
Ad image

टर्किएमा समेत गरी ४३ हजार भन्दा बढीको ज्यान लिएको फेब्रुअरी ६ को विनाशकारी भूकम्पबाट रिकभर भइरहेको सिरियामा इजरेलले आक्रमण गरेको हो।

प्रतिक्रिया दिनुहोस्