Ad imageAd image

१५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने

खबर खुराक
खबर खुराक ८ फाल्गुन २०७९, सोमबार
2 Min Read
Aa

८ फागुन काठमाडौँ । यही फागुन ११ गतेबाट हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । ६ वटा प्रदेशका १५ वटा जिल्ला फागुन ११ देखि २५ गतेसम्म औषधि खुवाउन लागिएको हो ।

शुक्रबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पत्रकार सम्मेलन गर्दै झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौटहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा आम औषधि सेवन गराइने जानकारी गराएको हो । यो वर्ष हात्तीपाइले विरुद्धको औषधि सेवन गराउनुपर्नेमा रसुवा जिल्ला पनि थपिएको छ । गत वर्ष गरिएको रक्त नमुना सर्वेक्षण्मा यस जिल्लामा हात्तीपाइले जनस्वास्थ्यको समस्याको रुपमा देखिएको पाइएको थियो ।

आम औषधि सेवन कार्यक्रम लागू भएका जिल्लाहरुमा तालिमप्राप्त स्वास्थ्यकर्मीहरुले घर नजिकैको बुथमा तथा घरदैलोमै औषधि खुवाउन आउनेछन् । महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले नेपालका ६४ जिल्लामा सञ्चालन गरिएको यो अभियान ४८ जिल्लामा बन्द गरिसकिए तापनि बाँकी जिल्लामा औषधि खानयोग्य सबैले नखाइदिने र हरेक दुई/दुई वर्षमा रगत जाँच गरी हेर्दा समेत रोगको दर अपेक्षाकृत रुमपा नघटेकाले यी जिल्लाहरुमा पटक-पटक औषधि खुवाउनु परेको जानकारी गराए ।

कार्यक्रममा बोल्दै महाशाखाका निर्देशक डा चुमनलाल दासले धेरैले औषधि नै नखाइदिएकोले निवारणमा समस्या भइरहेको बताए । उनले भने–‘धेरैले औषधि लिएर घरमा जाने तर नखाएको पाइएको छ । अहिले हामीले स्वास्थ्यकर्मीकै अगाडि औषधि खानुपर्ने भनेका छौं । आम औषधि सेवनका लागि सबैको साथ र सहयोगको आवश्यकता छ ।’

- Advertisement -
Ad image

हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपांग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँदछ र यो रोग संक्रमित लामखुट्टे टोकाइबाट मानिसमा सर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्