Ad imageAd image

कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, भेन्टिलेटर हटाइयो

खबर खुराक
खबर खुराक ८ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

८ फागुन काठमाडौं । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । स्थानीय समयअनुसार आज बिहान १०ः१५ बजे चिकित्सकबाट काउन्सिलिङ सम्पन्न भएको भन्दै अस्पतालबाट माधव न्यौपानलेले अवस्था सामान्य बन्दै गएको बताएका छन् ।

उनले ट्रायलका रुपमा भेन्टिलेटर हटाइएको जनाएका छन् । त्यस्तै डा. भण्डारीलाई ज्वरो आएको छैन । साथै सबै स्वास्थ्य पारामिटर नर्मल रहेका छन् । सुन्निएको भाग घट्दै गएको छ। स्वास्थ्य सामान्यतर्फ गईरहेको छ।

ग्यास लिक भएर आगलागीमा परी ३० प्रतिशतसम्म शरीर जलेका डा. भण्डारीलाई कृत्रिम अक्सिजनको मात्रा कम गर्दै लगिएको छ । त्यस्तै हातको जलेको भागले पनि काम गर्न थालेको छ । दुवै खुट्टाहरुको शल्यक्रियापछिको पहिलो ड्रेसिङ्ग गरिएको छ ।

गत बुधबार राति काठमाडौंको घरमा ग्यास लिक भएर आगलागीमा परी उनी घाइते भएका थिए । उनकी आमाको भने बिहीबार बिहान निधन भएको छ ।

- Advertisement -
Ad image

डा. भण्डारीलाई बिहीबार दिउँसो श्रीएयरलाइन्सको विमान चार्टर्ड गरेर मुम्बई लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्