Ad imageAd image

मुटुका रोगबाट बच्न के गर्ने ?

खबर खुराक
खबर खुराक ८ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

८ फागुन काठमाडौँ । मुटु रोग धुम्रपान, मद्यपान, खानपान र अस्वस्थ जीवन शैलीका कारण लाग्ने चिकित्सकहरू बताउँछन् । पछिल्लो समय नेपालमा पनि मुटु रोगीहरुको सङ्ख्या बढ्दै गएको देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुटुका रोगहरूबाट बच्नका लागि यस्ता विधिहरू अपनाउनुपर्छ ।

–चुरोट, सुर्ती, गुट्खा, खैनी र मदिरा नखाने

–दैनिक ३० मिनेट हिँड्ने,व्यायाम गर्ने, योग गर्ने

–हरियो तरकारी र फलफूल प्रशस्त खाने

- Advertisement -
Ad image

-नुन, चिनी, चिल्लो कम खाने

–बालबालिकाको घाँटी दुख्दा, टन्सिल बढ्दा तुरुन्त औषधि गराउने

–पिर, चिन्ता नलिने र कसैसँग नरिसाउने

–उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल आदि रोगलाई पालेर राख्ने, तुरुन्त उपचार गर्ने

–दैनिक ६–८ घण्टा सुत्ने

–केही समस्या नभए पनि कम्तीमा वर्षको १ पल्ट नियमित रूपमा स्वास्थ्य परीक्षण गराउने

प्रतिक्रिया दिनुहोस्