Ad imageAd image

माेरङमा बाेरामा भेटियो महिलाको शव

खबर खुराक
खबर खुराक ८ फाल्गुन २०७९, सोमबार
0 Min Read
Aa

८ फागुन विराटनगर । माेरङकाे बुढीगंगा–२ अमाहिमा एक जना  महिलाको शव भेटिएको छ । पहिचान नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको हत्या गरेको अवस्थामा शव भेटिएको हो ।

स्थानीय नरसिंह चौधरीको घरमा बाेराभित्र हालेकाे अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीका बहादुर कार्कीले जानकारी दिए । अहिले घटनास्थलमा मोरङ प्रहरीका डिएसपी रञ्जन कुमार दाहालकाे नेतृत्वमा टोली परिचालन भएको छ । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्