८ फागुन काठमाडौं । गोरखाको सहिद लखन थापा गाउँपालिकालाई मनकामना दर्श प्रालिले फोहोर संकलन र व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले ट्रयाक्टर प्रदान गरेको छ ।
सो गाउँपालिकाको वडा नं. २ र ३ को फोहोर व्यवस्थापन कार्यको लागि एक थान महिन्द्रा ट्याक्टर र हाइड्रोलिक ट्रेलर कुरिनटार स्थित अग्नी इनकर्पोरेटेड प्रा.लि.को अफिस प्राङ्गणमा कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्